News & Gossip »News & Gossip
Share |
'हङ्कङ आइडी'मा हिरो मिलन लामा
8 February 2010-Monday
-

गायक मिलन लामा नेपाली समाजमा एउटा चर्चित नाम हो ।'माझी दाई पोखरा फेवातालको', 'हङ्कङ् आइडीले', 'कृष्णभिर', 'जुम्ला कालीकोट' जस्ता लोकप्रिय लोकगीतका स्रस्टा गायक मिलन लामाको गीत 'हङ्कङ् आइडीले' यति लोकप्रिय भयो कि उक्त गीतमा आधारित शिर्ष बनाएर निर्मातृ तारा गुरुङ्ले सिनेमा बनाउने निधो गरिन् । मिलन लामाले नै गीतको सेरोफेरोमा रहेर सिनेमाको कथा लेखेका छन् । हाल कास्कीको बाराही स्टुडियोलगायत विभिन्न भागमा छायांकन भैरहेको सिनेमा 'हङ्गकङ्ग आइडी'मा पहिलो पटक लोकगायक मिलन लामा हिरो भएका छन् । हङ्कङ् आइडीका कारण नेपाली समाजको एउटा भागमा परेको पारिवारिक समस्या र निराकरणलाई चलचित्रको मूल बिषय बनाइएको छ ।

यो एक यथार्थसंग धेरै नजीक रही मुनाल फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र हो । चलचित्रको निर्देशन भोजबहादुर गुरुङ्ले गर्दैछन् । चलचित्रमा समावेश एउटा लोकभाकाको गीत 'रित्तै आउने लाउने खाने'मा मिलन लामाकै स्वर तथा संगीत रहेको छ भने बाँकी गीतहरुमा संगीतकार आशिष अविरलको सँगीत रहेको छ भने गीत रचना राजकुमार बगरको रहेको छ । चलचित्रमा मिलन लामा, तारा गुरुङ्, माओत्से गुरुङ्, मोती गुरुङ्, कुविना गुरुङ्, मनिरत्न पौडेल, बालकलाकार देवी गुरुङ्को मुख्य भुमिका रहेको छ । केही दृश्यको छायांकन हङ्कङ्मा पनि गरिने यो चलचित्रमा पटकथा,सम्बाद पदमकृष्ण पौडेल, छायाँङ्कन वासुदेव पोखरेल, मुख्य सहायक निर्देशन पुष्कर घिमिरे, नृत्य निर्देशन शिव वि.क. र गोरे गुरुङ्को रहेको छ । चलचित्रमा द्धन्द्धको दृश्य समावेश गरिएको छैन । 


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest articles More Article  
 
Temple Pati Pa Mini Skirt Attitude Sports Ground Closeup Sando/Tshirt
 
  latest articles of  
 
 
 
 
© Copyright 1997 to 2009 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team