
मिस मंगोलका लागि अडिसन सकिएको छ । १३ फेब्रुअरीमा होटल अन्नपूर्णमा अडिसन सकिएपछि सेलेक्सनमा परेका चालिस जना मंगोल ब्युटिहरुको अहिले ट्रेनिङ्ग भइरहेको छ । कोरियोग्राफर रोजिन शाक्य, हिरोइन सिर्जना बस्नेत, फिल्म डाइरेक्टर सुरेन्द्र के.सी., गायक धिरज र्राई र कोरियोग्राफर जयन सुब्बा मानन्धर जज रहेको अडिसनमा सयजना सहभागी थिए, जसबाट ४० जना सेलेक्सनमा परेका हुन् । नेपाल पुलिस क्लबमा हरेक दिन ती ४० जना सेलेक्टेड मंगोल ब्युटीहरुको साँझ ४ः३० बजेबाट ट्रेनिङ्ग हुने गरेको छ । मिस मंगोलको फाइनल चैत्र ७ गते हुने आयोजक एक्शन इन्टरटेनमेन्टले जनाएको छ ।





|