News & Gossip »News & Gossip
Share |
भिडियोबाट टेलिसिरियल
2 March 2010-Tuesday
-

'मानिलेऊ संसारकी तिमी राम्री'  सुजिल कर्माचार्यले गाएको यो गीतलाई गीतको म्युजिक भिडियोले हिट गरायो । भिडियो हिट भएपछि गायक सुजिललाई त फाइदा हुने नै भयो संगसंगै भिडियोका निर्देशक प्रदिप कसपाल पनि हिट भए । यतिसम्म हिट भए कि दर्ुइ बर्षो अवधिमा उनले लगभग साठीवटा म्युजिक भिडियो निर्देशन गर्न भ्याए । इमेज एवार्डमा उनी म्युजिक भिडियो डाइरेक्टर क्याटगोरीमा नोमिनेसनमा पनि परेका थिए । नयाँ जेनरेसनका म्युजिक भिडियो निर्देशकमा प्रदिप एक नम्बरमा छन् ।

प्रदिपले चैत महिनादेखि टेलिसिरियलको निर्देशन गर्दैछन् । टाइटल नराखे पनि लिड क्यारेक्टरको नाममा टाइटल राखिने योजना रहेको सिरियलको प्रसारण पनि निर्माण थाले लगत्तै भइहाल्ने छ । बाल यौन दर्ुर्व्यवहार विरुद्ध जनचेतना जगाउनका लागि भ्वाइस अफ चिल्ड्रृन नामक गैह्र सरकारी संस्थाले निर्माण गर्ने सिरियलमा सात जना मुख्य क्यारेक्टर र बाँकी गेष्ट क्यारेक्टर रहने छन् । मुख्य क्यारेक्टरका लागि प्रेक्षा अधिकारी, आरती आचार्य, शिशिर सुवेदी, सेलिना मानन्धर, रोविन वाग्ले र सुव्रत आचार्यको छनौट भइसकेको छ भने बाँकी रोलका लागि कलाकार खोजिदै गरेको प्रदिपले बताए । सिरियलमा धिरजजंग शाहले छायांकन र प्रकाश तुलाधर तथा लोकेश बज्राचार्यको एडिटिङ्ग गर्ने पनि पक्का भइसकेको छ । कसपालका अनुसार २६ एपिसोडको सिरियलको काम सकिएपछि अर्को बर्षउनी सिनेमाको निर्देशन गर्ने योजनामा छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest articles More Article  
 
Sporty Hot Shorts Temple Pati Pa Straight Hair Garden
 
  latest articles of  
 
 
 
 
© Copyright 1997 to 2009 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team